Section 25C2
ओषधि उद्योगले खरिदमा तिरेको कर फिर्ता हुने:
(१) औषधि उद्योगले औषधि उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ्ग मेटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा उक्त खरिदमा तिरेको कर चोमासिक रुपमा फिर्ता पाउन कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम कसैको निवेदन परेमा फिर्ता दिनु पर्ने ठहरिएको रकम कर अधिकृतले निवेदन परेको मितिले साठी दिनभित्र फिर्ता दिनु पर्नेछ।